Thaha

Friday 03 May - 9:45 pm NST

इराकको बगदादमा आइएस लडाकुको आक्रमणमा  परी १८ जनाको मृत्यु

काठमाण्डौ, २८ पुस । इराकको राजधानी बगदादमा भएको बम आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । बगदादको एक सपिङ सेन्टरमा शिया मुसलमान समुदायलाई लक्षित गरी बम आक्रमण भएको हो । आक्रमणको जिम्मा इस्लामिक स्टेट आइएसले लिएको छ । सपिङ मलमा हतियारसहित प्रवेश गरेका आइएस लडाकुले भित्र रहेका मानिसहरुलाई केही समय बन्धक बनाएका थिए । प्रहरीले बन्धक बनाइएकालाई उद्धार गर्ने क्रममा गोली चलाउन थालेपछि दुई लडाकुले बमले आफैंलाई बिस्फोट गराएको बीबीसीले जनाएको छ । बिस्फोटका क्रममा बन्धक बनाइएका सर्वसाधारण मारिएका हुन् । दुई जनालाई गोली लागेर मृत्यु भएको र चार जना लडाकुलाई नियन्त्रणमा लिइएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।